Home

फ्रि पिकअप तथा फ्रि होम डेलिभरी

आफ्नो महत्वपूर्ण समय बचाउनु होस् । विभिन्न किसिमका कार्पेट, गलैचा, सोफा , फाइबरको सिरक र ब्ल्यांकेट धुनु परे हामीलाई फोन वा म्यासेज गर्नुहोस् , तपाईको घर मै आएर लिएर जाने छौ र नयाँ जस्तै बनाएर घर मै डेलिभरी गर्नेछौ ।

उच्च गुणस्तरिय जर्मनी प्रविधिका मेसिनहरु

जर्मनी प्रविधिका मेसिन तथा गुणस्तरीय केमिकल्स ले  सफाइको गुणस्तर उच्च बनाउनुका साथै फेब्रिकको आयु बढाउने गर्छ ।

इन हाउस सर्भिस

सरसफाई कुनै पनि स्थानको प्राथमिकतामा पर्छ , पहिलो आकर्षण नै अन्तिम आकर्षण हो भन्ने गरिन्छ त्यसैले तपाइको व्यावसायिक क्षेत्रमा हामि घर तथा अफिसका फिक्स कार्पेट र सोफा सफाइको लागि हामि घर वा अफिस मा नै सेवा प्रदान गर्दै आएका छौ । सेवाको मौका दिनुहोस् , तपाईको सन्तुस्टी नै हाम्रो चाहना हो ।

अहिले नै फोन गर्नुहोस् ...

फेसबुक, इमो, भाईबर वा Whatsapp मार्फत पनि हामि संग सम्पर्क गर्न सक्नु हुनेछ ।

हाम्रो बारे

विभिन्न कारणले वैदेशिक रोजगारको खोजीमा विदेशिएका युवा मध्य हामि पनि एक हौ जो विदेशमा सिकेको सिपलाई नेपालमा रहेर उपयोग गर्ने उदेश्यले यो कम्पनि स्थापना भएको हो

विदेशका भोगाई बाट अनुभव लिदै अरबको चर्को घामामा बगाएको पसिना र त्यस बाट आर्जन गरेको श्रम, सिप  र केहि धनले आफ्नै देश मा केहि गर्ने जोस र जागर का साथ जुर्मुराएको परियोजना हो , दैनिक १५०० भन्दा बढी युवाहरु विदेश हानिन्छन् , हाम्रो यो सानो प्रयास बाट प्रेरित हुदैँ ति मध्य केहि युवाले पनि स्वदेश मै आफ्नै रोजगार को बाटो अपनाए हामि खुसि हुनेछौ

professional-carpet-cleaning